• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद

Dec 7th, 2019

काठमाडौं, मंसिर २१

बाँके जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट मंसीर २० गते एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट मंसीर २० गते एपीएफ टोली र नेपाल प्रहरीले करीव तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ ।

लु २ च ६०३० नम्बरको बलेरो पिकअप गाडीमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त प्याज सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो ।