• गृहपृष्ठ
  • गोली लोड रहेको अवैध पेस्तोल एपीएफ टोलीद्वारा बरामद

गोली लोड रहेको अवैध पेस्तोल एपीएफ टोलीद्वारा बरामद

Dec 7th, 2019

महोत्तरी, मंसिर २१

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित लच्का भन्ने स्थानबाट एपीएफ टोलीले मंसीर २० गते पाँच राउण्ड गोली लोड अवस्थामा रहेको एउटा पेस्तोल बरामद गरेको छ ।

सोही स्थानमा रहेको भिट्टामोड जलेश्वर सडकखण्डको रातु खोलाको पुलको पूर्वतर्फ खरघारीबाट ७.६५ एमएम लेखेको उक्त पेस्तोल तथा सोको पाँच राउण्ड गोली र एक थान म्याग्जीन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद पेस्तोल तथा गोली र म्याग्जीन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।