• गृहपृष्ठ
  • कुमारी बैंकको नक्साल भवन शिलान्यास तथा भूमीपूजन कार्यक्रम

कुमारी बैंकको नक्साल भवन शिलान्यास तथा भूमीपूजन कार्यक्रम

Dec 7th, 2019

काठमाडौ, मंसिर २१

कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गर्नुभयो । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।