• गृहपृष्ठ
  • काठमाण्डौको मनमैजुमा कामना सेवा विकास बैंकको १०५ औं शाखा

काठमाण्डौको मनमैजुमा कामना सेवा विकास बैंकको १०५ औं शाखा

Dec 7th, 2019

काठमाडौं, मंसिर २१

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं१० स्थित मनमैजुमा यही मंसिर२० गते आफ्नो १०५ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरातथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०५ वटा शाखा तथा ५४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।