• गृहपृष्ठ
  • विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड

विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड

Dec 7th, 2019

काठमाडौं, मंसिर २१

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ ।

१२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

ए क्लास तर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको छ । बी क्लास तर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालीले हात पारेको छ । बी क्लास तर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालिले जित्यो ।

नयाँ बाटो निर्माण प्रालिले सी क्लास तर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाहनिर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रालि उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शिवाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।

भूगोल अन्र्तगत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराई तर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेकाछन् । उदाहरणीय निर्माण कार्य गर्ने इलिायट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए बापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरियो । अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीकोरुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छिन् । नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंकल्याउन सफल निर्माण व्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरियो ।

त्यस्तै विदेशी विश्व विद्यालयमा अध्ययन गरी इन्जिनियरिङ संकायमा उच्च अंकल्याएका शर्मा एण्ड शर्मा कम्पनीका प्रबन्ध निर्देशक तथा महासंघका सल्लाहकार रमेश शर्माका छोरा इन्जिनियर शौरभ शर्मालाई पनि पुरस्कृत गरियो । निर्माण व्यवसायको विकास विस्तारमा संचार माध्यम मार्फत् योगदान दिएकोमा सहयोगी टेलिभिजनकोरुपमा जनता टेलिभिजन पुरस्कृत हुँदा, सहयोगी दैनिक पत्रिकको रुपमा नेपाल समाचापत्रलाई पुरस्कृत गरिएको छ । त्यस्तै सहयोगी रेडियोतर्फ रेडियो थाहा र अनलाइनमा क्यापिटल नेपाल डटकमलाई पुरस्कृत गरिएको छ । पूर्वाधार विकास तथानिर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकतादिई सम्प्रेषण गर्ने पत्रकारका रुपमा न्यूज २४ का नवराज चालिसेलाई पुरस्कृत गरियो ।

त्यस्तै सहयोगी प्रायोजकको रुपमा शंकर ग्रुप अन्र्तगतको जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्राइभेट लिमिटेड पुरस्कृत हुँदा उत्कृष्ट कन्सल्टिङ कम्पनीको अवार्ड एमएस बिल्डिङ डिजाइनका इन्जिनियर खेम डल्लाकोटीले जितेका छन् । महासंघ सचिवालयमा लामो समयअघि देखि कार्यरत केदारनाथ पोख्रेललाई पनि सो अवसरमा सम्मान गरियो । अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा “पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति” गठन गरिएको थियो कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले मुलुक समृद्ध बनाउने ठूलो जिम्मेवारी निर्माण व्यवसायीको काँधमा आएको बताउनुभयो ।

व्यवसायीसँग सहकार्य गरी अघिबढ्न सरकार तयार रहेको भन्दै मन्त्री नेम्बाङले आवश्यकता अनुसार नीति नियम परिमार्जन गरिने जानकारी दिनुभयो । राज्यले उत्कृष्ट कार्य गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउने मन्त्री नेम्बाङको भनाइ थियो । महासंघका अध्यक्ष रवि सिंहले विभिन्न चुनौतिका बाबजुद नेपालका निर्माण व्यवसायीहरुले उत्कृष्ट कार्य गरिरहेको बाताउनुभयो ।

निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका लागि महासंघ अझै आन्दोलनको मैदानमा रहेको भन्दै अध्यक्ष सिंहले व्यवसायीको सहयोगले मात्र समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल हुने बताउनुभयो । कार्यक्रमलाई महासंघका मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पा, पूर्व अध्यक्ष यक्षध्वज कार्की, महासंघका वरिष्ठ उपाध्यक्ष् ानिकोलस पाण्डे, महासचिव रोशन दाहाल, लगायतले पनि सम्बोधन गर्नु भएको थियो । महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्ट (शंकर गु्रप) को मुख्य प्रायोजनमा अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।