neapl investment mega bank
  • गृहपृष्ठ
  • बक्सिङमा नेपालका तीन खेलाडी सेमिफाइनलमा

बक्सिङमा नेपालका तीन खेलाडी सेमिफाइनलमा

Dec 6th, 2019

काठमाडौँ, २० मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङतर्फ तीन खेलाडी सेमिफाइनल प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा आज भएको प्रतिस्पर्धामा पुरुषतर्फ तीन खेलाडी सेमिफाइनलमा पुगेका हुन् ।

नेपालबाट सुशील थापामगर ४९ किलो लाइट फ्लाइमा श्रीलङ्काका नुवान कुमारालाई पराजित गरी सेमिफाइनलमा पुग्नुभएको छ । यस्तै ६० किलो लाइट वेटमा सुनिल शाही भुटानका निमा दोर्जीलाई हराएर सेमिफाइनल प्रवेश गर्नुभयो । भुपेन्द्र थापाले ६४ किलो लाइट वेटमा भुटानकै वाङ्दी दोर्जेलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउनुभयो । स्वर्ण पदकको दाबेदारका रुपमा हेरिएका दीपक श्रेष्ठ भने ७५ किलो तौलमा भारतका अङ्कित खतानासँग नकआउट हुनुभयो । उहाँ तेस्रो बाउट खेल्ने क्रममा रिङ्मै ढल्नुभएको हो ।