• गृहपृष्ठ
  • नेपाललाई पौडीमा गौरिकाले दिलाइन् दोस्रो स्वर्ण

नेपाललाई पौडीमा गौरिकाले दिलाइन् दोस्रो स्वर्ण

Dec 6th, 2019

काठमाडौँ, २० मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्न्ुभएको छ । जारी सागमा उहाँको यो दोस्रो स्वर्ण हो । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको महिला २०० मिटर ब्याकस्ट्रोकतर्फ ओलम्पियन सिंहले निर्धारित दूरी दुई मिनेट १७ दशमलव ७३ सेकेण्डमा पूरा गर्नुभएको थियो । सो स्पर्धामा भारतकी राजीव मन्ना पटेलले उक्त दूरी दुई मिनेट २० दशमलव ७१ सेकेण्डमा पूरा गर्दै रजत तथा श्रीलङ्काकी गङ्गा सेनले दुई मिनेट २७ दशमलव २५ सेकेण्डमा पूरा गरी कास्य पदक जित्नुभयो ।

बिहीबार सिंहले महिला २०० मिटर फ्रिस्टाइलतर्फ स्वर्ण जित्नुभएको थियो । सिंह सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । उहाँले अझै छ विधामा प्रतिस्पर्धा गर्न बाँकी छ । भारतमा सम्पन्न १२औँ सागमा उहाँले एक रजत र दुई कास्य मात्र जित्नुभएको थियो ।