• गृहपृष्ठ
  • कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास’

कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास’

Dec 6th, 2019

विराटनगर, २० मङ्सिर (रासस)

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले कालापानी र लिपुलेक हाम्रो भूमि भएको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिनुभयो ।

दुई ठूला पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहमति र समझदारीबाट नै अगाडि बढिरहेको बताउँदै भर्खरै सम्पन्न भएको निर्वाचनपछि देखिएको परिणामबाट स्थानीय तहमै समीक्षा गरेर पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन पनि दिइसकेको स्पष्ट पार्नुभयो ।