neapl investment mega bank

दुई गाडीको ठक्करबाट एक जनाको मृत्यु

Dec 6th, 2019

झापा, २० मंसिर

मेचीनगर नगरपालिका १२ र बुद्धशान्ति गाउँपालिका ३ को सिमानामा पर्ने धाईजन चोकस्थित सडकमा दुई गाडीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका ३ बस्ने ७० वर्षीय हरि प्रसाद न्यौपानेको शुक्रबार बिहान मृत्यु भएको छ ।

प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज ३१९६ नम्बरको गाडीले पुनस् ठक्कर दिँदा ठक्करबाट गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।