• गृहपृष्ठ
  • अन्तरविद्यालय नृत्य प्रतियोगीताको उपाधि ओम शान्ति एकेडेमीलाई, विद्यालय परिवारबाट धुर्मुस सुन्तलि फाउण्डेसनलाई २ लाख सहयोग

अन्तरविद्यालय नृत्य प्रतियोगीताको उपाधि ओम शान्ति एकेडेमीलाई, विद्यालय परिवारबाट धुर्मुस सुन्तलि फाउण्डेसनलाई २ लाख सहयोग

Dec 6th, 2019

काठमाडौं, २० मंसिर
चितवन र नारायणगढमा भएको अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमीले हात पारेको छ । लिटिल फ्लावर स्कुल नारायणगढले आयोजना गरेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा नगद पुरस्कारसहित ओमशान्ती एकाडेमीले उपाधि जितेको हो । चितवन, नवलपरासी, तनहु, रुपन्देही, गोरखाका गरी ४० विद्यालयका बालबालिकाहरु प्रतियोगितमा सहभागी भएका थिए । नृत्य प्रतियोगितामा एसओएस बालग्राम भरतपुर दोस्रो र बालकुमारी इङलिस स्कुल नारायणगढ तेस्रो भएको विद्यालयका स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिनुभयो ।

प्रथम हुनेले ३० हजार नगद, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद र ट्रफी पाएका छन् । सहभागी विद्यालयलाई सम्मान पत्र दिइएको छ । विद्यालयबिच हुने यस्ता प्रतियोगिताले आन्तरिक प्रतिभाको उजागर गर्ने आयोजक विद्यालय लिटिल फ्लावर स्कुल नारायणगढका प्राचार्य रविले बताउनु भयो ।

नृत्यु प्रतियोगितामा राष्ट्रियता, नेपाली कला सस्कृति, नेपाली भेषभुसा, महिला अधिकार, हिंसा, नेपाली भूमि अतिक्रमणमा परेको अवस्थालगायतको विषयलाई समेटेर प्रतुती गरिएको थियो । नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा लिटिल फ्लावर स्कुल गोरखपुरका फादर लोनी केलेली, गायिका तारा थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवहारलाल प्रधानले मन्तव्य राख्नु भएको थियो ।

धुर्मुस सुुन्तलीलाई चितवनमा रेड कार्पेट, रंगशाला निर्माणको लागी विद्यालयको २ लाख सहयोग
हाँस्य कलाकार धुर्मुस (सिताराम कट्टेल) लाई चितवनमा रेडकार्रपेट सहितको सम्मान गरिएको छ । चितवनको नारायणघढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगीताको उद्घाटन सत्रमा कलाकार धुर्मुसलाई रेडकार्पेट सहित सम्मान गरिएको थियो ।
चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशालाल निर्माणमा लागीपरेका कलाकार धुर्मुस सुन्तलि फाउण्डेशनलाई लिटिल फ्लावर विद्यालयका विद्यार्थि भाई बहिनी, शिक्षक परिवारबाट संकलित रकम २ लाख नगद रुपैयाँ सहयोग उपलब्ध गराईएको विद्य्यालयका प्रिन्सिपल रोवि के.यु ले जानकारी दिनुभयो ।