• गृहपृष्ठ
  • साग (पुरुष क्रिकेट)–बङ्गलादेशद्वारा भूटान पराजित

साग (पुरुष क्रिकेट)–बङ्गलादेशद्वारा भूटान पराजित

Dec 6th, 2019

काठमाडाँै, २० मङ्सिर (रासस)

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बङ्गलादेशले शीर्ष ४ अङ्क जोडेको छ ।

भूटानले दिएको ७० रनको लक्ष्य बङ्गलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो । बङ्गलादेशको जीतमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान दिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । उसका लागि तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोडे भने जिग्मे सिङ्गेले १३ तथा जिग्मे दोर्जीले १२ रन बनाएका थिए । त्यसबाहेक भूटानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ बङ्गलादेशका मनिक खानले २ विकेट लिए ।