• गृहपृष्ठ
  • ग्लोवल आईएमई र जनता बैंकको एकीकृत कारोवार सुरु ,एकीकृत कारोवार पश्चात बैंकको नाम ग्लोवल आईएमई बैंक लिमिटेड नै रहेको छ

ग्लोवल आईएमई र जनता बैंकको एकीकृत कारोवार सुरु ,एकीकृत कारोवार पश्चात बैंकको नाम ग्लोवल आईएमई बैंक लिमिटेड नै रहेको छ

Dec 6th, 2019

काठमाडौ, मंसिर २१

ग्लोबल आइएमई र जनता बैंकले एकीकृत कारोवार सुरु गरेकाछन । मर्जर मार्फत दुुबै बैंकले आज शुुक्रबारबाट एकीकृत कारोवार सुरु गरेका हुुन । एकीकृत कारोवारको समुुद्घाटन अर्थमन्त्री डा. युुवराज खतिवडाल गरेका हुुन ।

एकीकृत कारोवार पश्चात बैंकको नाम ग्लोवल आईएमई बैंक लिमिटेड नै रहेको छ भने अध्यक्ष पदमा चन्द्रप्रशाद ढकाल नै रहेकाछन । एकीकृत कारोवारका अवसरमा अध्यक्ष ढकालले भने, ‘आफूले आटेको काम पुरा भएको छ,’ मैले नियामक निकाय नेपाल राष्ट्र बैंक र सरकारले लिएको नीतिलाई सघाए ।’ नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष समेत रहेका ढकालले भने ‘अब रणनीति बदलेर बैंकको गुणात्मक सुधार गर्दै विशेष रणनीतिका साथ अघि बढ्छौं । देशकै अब्बल बैंक बनाउने योजनातय गरिएको छ, उनले भने ।

मर्जसँगै ग्लोबल बैंक सबैभन्दा ठूलो बैंक बनेको छ । यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन । गत वर्ष स्थापना भएको इन्फास्ट्रक्टर बैंकको २० अर्ब चुक्ता पुँजी छ । बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप दुुई खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको ७७ वटै जिल्लामा तीन सय भन्दा धेरै शाखा, दुुई सय ५९ वटा एटीएम बुथ, दुुई सय ४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । बैंकमा तीन हजार दुुई सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।

राष्ट्र बैंकले धमाधम लाइसेन्स बाँड्दै गर्दा स्थापना भएका १७ वाणिज्य बैंक मध्येकै बैंक हुन् ग्लोबल आईएमई बैंक र जनता बैंक । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार सुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । एकीकृत कारोवार पश्चात ग्लोवल आईएमई बैंक देशको सबैभन्दा ठुुलो बैंक बनेको छ ।