• गृहपृष्ठ
  • १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Dec 6th, 2019

काठमाडौं, मंसिर २०

गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका ४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सार्कीले बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका बस्ने ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका ९ बस्ने ३८ वर्षीय श्यामकृण्ण थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।