१० केजी अवैध लागूऔषध गाँजा बरामद

Dec 6th, 2019

मकवानपुर, मंसिर २०

राक्सिराङ गाउँपालिका ५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब १० केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले कालिकाटारबाट मनहरीतर्फ आउँदै गरेको ना.१२ प ४९०० नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।