• गृहपृष्ठ
  • ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै पैसा उठाउँदै गरेको अवस्थामा पक्राउ

‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै पैसा उठाउँदै गरेको अवस्थामा पक्राउ

Dec 6th, 2019

धनुषा, मंसिर २०

आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका २४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले ज.२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।