• गृहपृष्ठ
  • राष्ट्र बैंकले बैंकहरुमा एक अर्ब ४८ करोड रुपैयाँ निक्षेप राख्ने

राष्ट्र बैंकले बैंकहरुमा एक अर्ब ४८ करोड रुपैयाँ निक्षेप राख्ने

Dec 6th, 2019

काठमाडौं, मंसिर २०

राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ४८ करोड १६ लाख रुपैयाँ राख्ने भएको छ । बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा तीन सय ६५ दिने मुुद्धती निक्षेप अन्र्तगत बिसं २०७६ पुुस एक गतेदेखि बिसं २०७७ मंसिर ३० गतेसम्मको लागि उक्त रकम राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार रकम राख्न चााहने बैंक तथा फाईनान्स कम्पनीहरुले आगामी आईतबार अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले राख्न चाहेको रकम र उक्त रकमको व्याज समेत उल्लेख गरेर आवेदन दिनुु पर्ने छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि छुुट्याईएृको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब १८ करोड ५४ लाख, बिकास बैंकहरुको लागि २२ करोड २२ लाख र फाईनान्सहरुको लागि सात करोड ४० लाख रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने लगायतका शर्तहरु तोकिएकाछन ।