• गृहपृष्ठ
  • नेपाली धावक गोपिचन्द्र पार्कीले पाँच हजार मिटर दौडमा जिते स्वर्णपदक

नेपाली धावक गोपिचन्द्र पार्कीले पाँच हजार मिटर दौडमा जिते स्वर्णपदक

Dec 6th, 2019

काठमाडौँ, २० मङ्सिर (रासस)

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो ।

सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गर्नुभयो । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्नुभयो । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो ।