• गृहपृष्ठ
  • अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा व्यापक सुधारको घोषणा

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा व्यापक सुधारको घोषणा

Dec 6th, 2019

क्यानबेरा, २० मङ्सिर (रासस/सिन्ह्वा)

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलेसार्वजनिक सेवा सुधारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो कदम चाल्नुभएको छ । क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यसले देशको सार्वजनिक क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्ने दावी गर्नुभयो । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन अहिले रहेका १४ विभागलाई बढाएर १८ वटा बनाइएको छ ।

नयाँ थपिएका चार विभागले फेब्रुअरी १ देखि काम गर्ने निर्णय भइसकेको प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो । थपिएका नयाँ विभागलाई ‘बृहत विभाग’को संज्ञा दिइएको समाचारमा जनाइएको छ । उहाँका अनुसार शिक्षा, सीप र रोजगार विभाग, भौतिक, यातायात, क्षेत्रीय विकास र सञ्चार विभाग, उद्योग, विज्ञान, उर्जा तथा श्रोत विभाग र कृषि, जल र वातावरण विभाग अहिले थप गरिएको हो । उहाँको यो कदमलाई सार्वजनिक सेवा सुधारका लागि सन् १९८७ देखिको सबैभन्दा ठूलो फड्को मानिएको छ ।

उहाँले विभागहरु नयाँ स्थापना गरेपनि मन्त्रीहरु भने फेर बदल गर्ने संभावना कम रहेको श्रोतले जनाएको छ । यो परिवर्तनलाई सामान्य मानिएको छैन । यो अपेक्षा पनि गरिएको थिएन । यो परिवर्तनपछि सवैलाई सहज र सन्तोषजनक सार्वजनिक सेवा प्राप्त हुने विश्वास लिइएको छ ।