• गृहपृष्ठ
  • महालक्ष्मी विकास बेैंकद्वारा दर्जनाैं यात्रुको ज्यान जोगाउने सोनाम सम्मानित

महालक्ष्मी विकास बेैंकद्वारा दर्जनाैं यात्रुको ज्यान जोगाउने सोनाम सम्मानित

Dec 6th, 2019

काठमाडौ, मंसिर २०

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिंदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनाैं यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (¥याफटिङ गाइड) लाई उनको साहासीक कार्यको कदर गर्दे १५ हजार रुपैया सहित सम्मान गरेको छ ।

बैंकले आईतबार मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटेबिचमा दुर्घटाना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दे जाने प्रतिवद्धता जनाएको छ ।