• गृहपृष्ठ
  • प्रभु बैंकको बयलबास शाखा कार्यालय सञ्चालन

प्रभु बैंकको बयलबास शाखा कार्यालय सञ्चालन

Dec 6th, 2019

काठमाडौं, मंसिर २०

प्रभु बैंक लिमिटेडले आफ्नो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहिबारबाट सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा आफ्नो १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बयलबास शाखा कार्यालयको समुद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुुन ।

बैंकको बयलबासमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिएकाछन । बैंकको बयलबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उक्त शाखाबाट बैंकले गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले सो क्षेत्रका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बयलबास शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।