• गृहपृष्ठ
  • सनफ्लो सन फ्लावर तेल हिराको उपहार हस्तान्तरण

सनफ्लो सन फ्लावर तेल हिराको उपहार हस्तान्तरण

Dec 6th, 2019

काठमाडौ, मंसिर २०

सन फ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ । नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले आकर्षक हिराको हार र जनकपुर रमानन्द चोक निवासी राम विनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको छ । त्यसैगरी काठमाडौं निवासी हरि प्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गा माया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ । सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको दोस्रो लक्की ड्र विजेताहरुको नाम यहीँ मिति २०७६/०८/११ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नुहुन कम्पनीले आग्रह गर्दछ ।