• गृहपृष्ठ
  • कृषिजन्य बस्तुको धितोमा बैंकहरुको आकर्षण घट्दै

कृषिजन्य बस्तुको धितोमा बैंकहरुको आकर्षण घट्दै

Dec 6th, 2019

काठमाडौं, मंसिर २०

बैंकहरुले कर्जा प्रदान गर्नका लागि लिने धितोमा कृषिजन्य बस्तुहरु राख्ने क्रम केहि कम भएको देखिन्छ । धितो राख्नका लागि उनिहरुले घरजग्गालाई नै प्राथमिकता दिएको देखिन्छ ।

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाले ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रदान गरेको देखिन्छ । गत वर्ष भने बैंकहरुले प्रदान गरेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घरजग्गामा राखेर दिएका थिए ।

त्यसैगरि अहिलेसम्म १३.७ प्रतिशत कर्जा भने कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको देखिन्छ । जुन १४.४ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.२ प्रतिशतल ेबढेको छ ।

बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले बढेको छ । त्यसैगरि यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट कर्जा ८.९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ६.२ प्रतिशतले बढेको छ । साथै रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.२ प्रतिशतले घटेको छ ।