• गृहपृष्ठ
  • तेह्रौँ साग : ५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो

तेह्रौँ साग : ५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो

Dec 5th, 2019

काठमाडौँ, १९ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ । नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ । यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश स्वर्ण कास्य रजत जम्मा
भारत ५८ ४१ १९ ११८
नेपाल ३६ २६ ३४ ९६
श्रीलङ्का १६ ३१ ५२ ९९
पाकिस्तान १२ २१ २२ ५५
बङ्गलादेश ४ १० ४० ५४
माल्दिभ्स १ ० २ ३
भुटान ० ० ६ ६