• गृहपृष्ठ
  • आई.एम.ई.लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

आई.एम.ई.लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Dec 5th, 2019

काठमाडौं, मंसिर १९

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीले बुुधबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स रिर्सोटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४/०७५ को वासलात, नाफा—नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत गर्ने ,कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरकोरुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।

कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी, कम्पनीप्रति बिश्वास र भरोसा गर्नेे,े समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथामार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरु सवैप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्यकर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।