• गृहपृष्ठ
  • नेप्सेमा हरियाली, उत्पादनमुलक बाहेक सबै सुचक बढे

नेप्सेमा हरियाली, उत्पादनमुलक बाहेक सबै सुचक बढे

Dec 5th, 2019

काठमाडौं, मंसिर १९

नेप्से सुचक तथा कारोवार रकम आज बिहिबार दुुबै बढेकाछन । नेप्से आज सात दसमलव ४५ अंकले बढेर ११ सय ३१ दसमलव ९२ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ९१ अंकले बढेर दुुई सय ४८ दसमलव ७७ अंकमा चढेको छ । एक सय ६८ वटा कम्पनीहरुको छ हजार ८५ वटा कारोवारमा १० लाख ९५ हजार एक सय ८८ वटा कारोवारमा ३५ करोड ८८ लाख ३९ हजार आठ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ११ अंकले बढेर एक हजार २६ दसमलव ४१ अंकमा चढेको छ । बिकास बैंक समुहको सुचक छ दसमलव ५३ अंकले बढेर १५ सय ३३ दसमलव ८४ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि आज बढेको छ ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा समिट माईक्रो फाईनान्स बित्तीय संस्था परेको भने आज बढी गुमाउने कम्पनीहरुको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।