गोदावरी खोलामा बन्ने भयो पुल

Dec 5th, 2019

ललितपुर, १९ मंसिर

महालक्ष्मी नगरपालिका वडा नं ७ र ५ जोड्ने गोदावरी खोलामा निर्माणाधिन पुलको सिलन्यास महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले गरेका छन् । यस पुलको निर्माणका लागि २०७६ असारमा सम्झैता सुरु भएको र २०७७ पौष मसान्तसम्म सम्पन्न हुने गरि सम्झौता भएको महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

पुल निर्माणको ठेक्का भरतपुरको एम.आर एण्ड ग्रुपले पाएको र यसको निर्माणका लागि कुल बजेट ४ करोड २० लाख ५९ हजार ९० रुपैयाँ ७६ पैसा रहेको र पुलको लम्बाई २० मिटर र चौडाई ११ मिटर हुने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।