• गृहपृष्ठ
  • तेह्रौँ साग : २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

तेह्रौँ साग : २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

Dec 5th, 2019

काठमाडौँ, १९ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ

यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ । पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले बुधवार ट्रायथलन, तेक्वान्दो र करातेमा दुई/दुई स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश स्वर्ण कास्य रजत जम्मा
नेपाल २९ १४ १९ ६२
भारत २३ १९ १२ ५४
पाकिस्तान ८ १५ १३ ३६
श्रीलङ्का ७ १८ ३२ ५७
बङ्गलादेश ४ ७ २४ ३५
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ३ ३