• गृहपृष्ठ
  • बैंकको मुद्दति खातामा पैसा राख्दा फाइदा कि सेयरबजारको लगानीमा ?

बैंकको मुद्दति खातामा पैसा राख्दा फाइदा कि सेयरबजारको लगानीमा ?

Dec 5th, 2019

काठमाडौं,मंसिर १९

बैंकहरुले अहिले मुद्दति निक्षेपमा १० प्रतिशतको हाराहारीमा ब्याज प्रदान गरेका छन् । तर सोहि बराबरको आम्दानी भने बैंकहरुको सेयरबाट प्राप्त हुन सकेको छैन ।

बैंकहरुले यो वर्ष औसतमा १९ प्रतिशतले लाभांस दिएको देखिन्छ । गत वर्ष भने बैंकहरुको औसत ब्याजदर १६ प्रतिशत देखिन्छ । यसरी हेर्दा एक वर्षमा बैंकहरुले आफ्ना लगानीकर्तालाई ३ प्रतिशतले लाभास बढाएको देखिन्छ।

अहिले सम्म २३ वटा बाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये एनएमबी बैंकले सबैभन्दा बढि ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै सिभिल बैंकले भने सबैभन्दाथोरै ६ प्रतिशतमात्रै लाभांश घोषणा गरेको छ ।

फे्रस भ्यालुमा हिसाब गर्ने हो भने बाणिज्य बैंकहरुको सेयरमा गरेको लगानीबाट हुने आम्दानी १० प्रतिशतको हाराहारीमा देखिन्छ । तर यिल्डका आधारमा प्रतिफल निकाल्ने हो भने जम्मा दुई प्रतिशत हुन आउँछ ।

बाणिज्य बैंकहरुले पछिल्ला वर्षमा १० प्रतिशतकै हाराहारीमा ब्याज दिएका छन् । जसले गर्दा ब्याजको तुुलनामा बाणिज्य बैंकहरुका सेयर लगानीकर्ताले पाएको प्रतिफल ८ प्रतिशत कम हुन्छ ।

सेयरबजार परिसुचक नेप्से अहिले ११ सय २४ अंकमा आइपुगेको छ । जबकी तीन वर्ष पहिले साउन १२ गते नेप्से १८ सय ८१ अंकमा थियो । यसबीचमा लगानीकर्ताले आफ्नो सेयरमा गरेको लगानी वापत ठूलो रकम गुमाएका छन् । उनिहरुले सेयर घट्दा पर्ने क्षती मात्रै होइन, कम्पनीहरुबाट प्राप्त हुने लाभांश पनि बैंकको मुद्धति निक्षेपबाट पाउने ब्याज भन्दा निकै कम पाएको देखिन्छ ।

बिगत ७ वर्षमा सेयरमा गरिएकोे लगानीको हिसाब गर्ने हो भने मुद्धति निक्षेपमा भएको लगानीको तुलनामा सेयर बजारका लगानीकर्ताले दोब्बर कमाएको देखिन्छ । तर बिगत तिन वर्षदेखि भने बैंकहरुले उचित लाभांस दिन सकेका छैनन् । यो सदबै यस्तै रहन्छ भन्ने छैन । त्यसैले लामो समयका लागि लगानी गर्ने हो भने बैंकको मुद्दति निक्षेपमा गरेको लगानी भन्दा सेयरमा गरेको लगानीले नै हो प्रतिफल दिने हो । बैंकहरुले मुद्दति निक्षेपमा ब्याज बढाउन लागेको पनि ४ वर्ष भन्दा बढि भएको छैन ।अहिले ब्याज घट्ने क्रम पुन सुरु भएको छ । फेरी पनि ब्याज नघट्ला भन्न सकिन्न ।