• गृहपृष्ठ
  • चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Dec 4th, 2019

काठमाडौँ, १८ मङ्सिर (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । सोही समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।