नेप्सेमा उत्साह, सबै सुचक बढे

Dec 4th, 2019

काठमाडौं, मंसिर १८

नेप्सेमा उत्साह देखिएको छ । आज बुुधबार सबै सुचक बढेकारण नेप्सेमा उत्साह देखिएको हो । नेप्से आठ दसमलव ७३ अंकले बढेर ११ सय २४ दसमलव ४७ अंकमा चढेकोमा सेन्सिटिभ एक दसमलव ५२ अंकले बढेर दुई सय ४७ दसमलव ८६ अंकमा चढेको छ । एक सय ६९ कम्पनीहरुको चार हजार नौ सय ५१ वटा कारोवारमा नौ लाख ९० हजार दुुई सय ७४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ८२ लाख १४ हजार चार सय ६५ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ९६ अंकले बढेर एक हजार २४ दसमलव ३० अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक १० दसमलव ५५ अंकले बढेर १५ सय २७ दसमलव ३० अंकमा पुुगेको छ ।

जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा प्रभुु इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बरुण हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । बढी रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा पर्न सफल भएको छ ।