फरार प्रतिवादी पक्राउ

Dec 4th, 2019

बर्दिया, मंसिर १८

पुनराबेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका प्रतिवादी गुलरीया नगरपालिका ७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई गुलरीया नगरपालिका ७ मुर्तिया स्थित पटाउ गाउँबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।