विभिन्न धनमाल चोरी

Dec 4th, 2019

काठमाडौं, मंसिर १८

काठमाडौं महानगरपालिका १६ बनस्थली मिलिजुली टोल डेरा गरी बस्ने नुवाकोट लिखु गाउँपालिका ४ घर भएका ३७ वर्षीय केदार तिवारीको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ७ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौंको टोखा नगरपालिका ५ धापासी डेरा गरी बस्ने सप्तरी राजविराज घर भएका ५० वर्षीय उपेन्द्र दासको कोठाबाट नगद, सुनका विभिन्न गरगहनाहरु तथा मोबाइल १ थान समेत गरी करिब ४ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।

मोरङको बिराटनगर महानगरपालिका १ बुद्धचोक बस्ने नरेश पौडेलको घरबाट सुन तथा चाँदीका विभिन्न गहनाहरु र मोबाइल समेत गरी करिब ९ लाख रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।