• गृहपृष्ठ
  • बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

Dec 4th, 2019

उदयपुर, मंसिर १८

त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ २ गते सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका १४ घर भएका देहज भन्ने २१ वर्षीय हरि बहादुर बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये बिष्टलाई त्रियुगा नगरपालिका ३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।