• गृहपृष्ठ
  • स्वीच अनद्वारा बडा दशैं, तिहार र छठ बम्पर अफर को विजेताहरु नाम घोषणा

स्वीच अनद्वारा बडा दशैं, तिहार र छठ बम्पर अफर को विजेताहरु नाम घोषणा

Dec 4th, 2019

काठमाडौ, मंसिर १८

मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले “बडा दशैं, तिहार र छठ बम्पर अफर” भन्ने नारा अन्तर्गतको आफ्नो चार्डपर्व अफरको विजेता घोषणा गरेको छ । सो अफर अन्तर्गत बर्दघाटका ध्रुब भण्डारीले प्रथम उपहार ४० इन्चको टिभी, २० लिटरको फ्रिज र मिक्सर ग्राइन्दर प्राप्त गरेका छन् । त्यस्तै हेटौंडाका प्रकाश पौडेलले दितिय उपहार स्वरुप ४० इन्चका टिभी, १.८ लिटरको राइस कुकर र मिक्सर ग्राइन्दर प्राप्त गरेका छन् । यसैबीच सुरुङगाका उद्धव खक्रेलले त्तितिय पुरस्कार स्वरुप ३२ इन्चको स्मार्ट टिभी, १.८ लिटरको राइस कुकर र मिक्सर ग्राइन्दर प्राप्त गरेका छन् ।

यो योजना असोज ५ गते शुरु भएर कात्तिक ३० गते समापन भएको हो । जसअन्तर्गत ग्राहकहरुले स्वीच अनको देशभर रहेको कुनै पनि आउटलेटबाट रु १००० भन्दा माथिको सामान खरिद गरेर यस योजनामा सहभागी हुन सक्दथे ।