• गृहपृष्ठ
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तु सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तु सहित पक्राउ

Dec 3rd, 2019

काठमाडौं, १७ मंसिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो रंगको वन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तु १ थान सहित हुम्ला ताँजाकोट गाउँपालिका ५ की २५ वर्षीया सम्झना वुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिम्रिक एयरको हेलिकप्टरद्वारा गोरखाको धापाबाट काठमाडौं आएकी उनलाई विमानस्थलको फलामे गेट एरियामा एक्सरे मेशिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको बोरामा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

वुढालाई उक्त वस्तु सहित आवश्यक अनुसन्धानका एंव कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।