नेटवर्किङ उपकरणहरु हस्तान्तरण

Dec 3rd, 2019

काठमाडौं, मंसिर १७
अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पूर्व), जुम्ला, कालीकोट, डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरणहरु प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

उक्त उपकरण हस्तान्तरण कार्यक्रममा नेपाल प्रहरीको तर्फवाट उक्त निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिल कुमार श्रेष्ठ र अमेरिकी राजदूताबासको तर्फवाट कार्यक्रम प्रबन्धक कार्ल ए रिशिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।