• गृहपृष्ठ
  • तेह्रौँ साग : पुरुष फुटबलमा नेपाल विजयी

तेह्रौँ साग : पुरुष फुटबलमा नेपाल विजयी

Dec 3rd, 2019

काठमाडौँ, १७ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गर्नुभयो । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गर्नुभएको थियो ।

खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गर्नुभएको थियो ।