• गृहपृष्ठ
  • युनाईटेड इन्स्योरेन्स कम्पनी र एसआरएल डायग्नोस्टिक्सबिच सम्झौता

युनाईटेड इन्स्योरेन्स कम्पनी र एसआरएल डायग्नोस्टिक्सबिच सम्झौता

Dec 3rd, 2019

काठमाडौ, मंसिर १७

युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रालिकाबिच छुुट दिने सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा युनाईटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्सका आधिकारिक प्रतिनिधि रविन्द्ररत्न तुलाधरले हस्ताक्षर गरेकाछन । सो अवसरमा दुबै संस्थाका तर्फबाट सम्झौता बमोजिम एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड ईन्स्योरेन्स कम्पनीका ग्राहकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरु समेतका लागि १५ प्रतिशत छुट दिने हुंदा सहज र सरल प्रकृयाबाट सेवा उपभोग गर्न सकिने विचार व्यक्त गरे ।

उक्त समारोहमा एसआरएल डायग्नोस्टिक्स नेपालका असिष्टेन्ट रिलेशनसीप म्यानेजर रत्ना महत तथा युनाईटेड ईन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, वरिष्ठ प्रबन्धक विवेक कुमार पाठक लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।