• गृहपृष्ठ
  • नबिल बैंक र नेपाल हस्तकला महासंघ बिच सम्झौता

नबिल बैंक र नेपाल हस्तकला महासंघ बिच सम्झौता

Dec 3rd, 2019

काठमाडौं, मंसिर १७

१७ औं हस्तकला टे«ड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघ बिच सम्झौता भएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य बिच सो सम्झौता हस्तकला ट्रेड फ्यरको उद्घाटन समारोहमा भएको छ । यस सम्झौता संगै नबिल बैंकले देशको हस्तकला श्रेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।


सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भन्नुभयो, “ हस्तकला श्रेत्रको संरक्षण
र उन्नतीको लागी नबिल बैंक सधैं भरी तत्पर रहनेछ । हस्तकला श्रेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघ संग सहकार्य गर्न पाउंदा हामी निकै खुशी छौं । यो सहकार्यले हस्तकला श्रेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश हामीले लिएका छौं ।नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले भन्नुभयोे, “नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउंदा हामीलाई निकै खुशी लागेको छ ।

निजी श्रेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षोशाहित भएका छौं । नबिल बैंकले ७९ वटा शाखा, एक सय ३८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।