• गृहपृष्ठ
  • अजोड इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकबिच सम्झौता

अजोड इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकबिच सम्झौता

Dec 3rd, 2019

काठमाडौ, मंसिर १७

अजोड इन्स्योरेन्स लिमिटेड र एन.आई.सी. एसियाबैंक लिमिटेडबिच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । आइतवार आयोजित एक कार्यक्रमकाबिच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एन.आई.सी. एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेकाहुन ।

सहमतिसंगै एन.आई.सी. एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एन.आई.सी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।