• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

Dec 3rd, 2019

काठमाडौ, मंसिर १७

नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले नेपाल टेलिकम, एनसेल, स्र्माट सेल मोवाईलमा टप अप गर्दा पहिलो पटक टप अप गरेको रकमको २० क्यास व्याक प्राप्त गर्नेछन ।

यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेकाग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।