नेप्सेमा सुधार देखियो

Dec 3rd, 2019

काठमाडौ, मंसिर १७

नेप्सेमा सुधार देखिएको छ । आज मंगलबार तीन दसमलव ७५ अंकले बढेर ११ सय १५ दसमलव ७४ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दसमलव ६३ अंकले बढेर दुुई सय ४६ दसमलव ३४ अंकमा पुुगेको छ । । आज एक सय ७२ कम्पनीहरुको चार हजार तीन सय २६ वटा कारोवारमा १० लाख १० हजार नौ सय ९१ कित्ता सेयर खरिद बिक्री भएकोमा रकम २६ करोड ६८ लाख एक हजार पाँच सय ५८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा नौ वटा समुहको सुचक बढेर हरियो भएको छ भने तीन वटा समुहको सुुचक घटेर रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव २९ अंकले बढेर एक हजार २१ दसमलव ३४ अंकमा पुुग्दा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । टे«डिङ,, फाईनान्स र अन्य समुहको सुचक भने आज घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा घोढाघोढी लघुुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड पहिलाने स्थानमा परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने सिद्धार्थ बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।