• गृहपृष्ठ
  • अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

Dec 3rd, 2019

वासिङ्टन, १७ मङ्सिर (राससरसिन्ह्वा)

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो । उहाँ हाल ९५ वर्षका हुनुहुन्छ । अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको छ । उहाँ केही दिनमै अस्पतालबाट डिस्चार्ज हुनुहुने पनि अस्पतालले जनाएको छ ।

गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो । उहाँ अमेरिकाका ३९औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो ।