• गृहपृष्ठ
  • ह्यामिल्टन टेस्टः न्यूजील्याण्ड–इङ्ल्याण्ड खेल बराबर

ह्यामिल्टन टेस्टः न्यूजील्याण्ड–इङ्ल्याण्ड खेल बराबर

Dec 3rd, 2019

ह्यामिल्टन, १७ मङ्सिर (राससरएएनआई)

वर्षाले प्रभावित इङ्ल्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बराबरीमा समाप्त भएको छ । पहिलो टेस्टमा न्यूजील्याण्ड विजयी भएका कारण शृङ्खला भने न्यूजील्याण्डले १–० ले जितेको छ ।

न्यूजील्याण्डले चौथो दिन २ विकेटको क्षतिमा ९६ रन बनाएको थियो, तर पाँचौं दिन वर्षाका कारण पूरै दिन खेल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।

अन्तिम दिन न्यूजील्याण्डका कप्तान केन विलियम्सनले १०४ र रस टेलरले १०५ रन बनाए । रस टेलरले शतक प्रहार गरेसँगै न्यूजील्याण्डका तर्फबाट सात हजार रन बनाउने उनी दोस्रो खेलाडी बन्न सफल भए ।

न्यूजील्याण्डका बलर निल वाग्नरले दुबै खेलमा पाँच–पाँच विकेट लिएका कारण प्लेयर अफ द सिरिज घोषित भए ।