सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Dec 3rd, 2019

काठमाडौं, १७ मंसिर

मकवानपुर, बाग्मती गाउँपालिका ५ लिलाबनस्थित सडकमा ना.१ ह ६३१७ नम्बरको अटो सोमबार राति दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका ४ बस्ने ४२ वर्षीया काउलीमायाँ रुम्बाको घटनास्थलमानै मृत्यु भएको छ । फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, महागढिमाई नगरपालिका ४ बरियारपुर मलेनीचोकमा अनटेस्ट लेखिएको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीलाई सर्लाही बरहथवा नगरपालिका ५ बस्ने ६० वर्षीय राजाराम रायको कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।