• गृहपृष्ठ
  • छैठाैं पटक मेस्सीले जिते बालोन डी’ओर अवार्ड

छैठाैं पटक मेस्सीले जिते बालोन डी’ओर अवार्ड

Dec 3rd, 2019

काठमाडौँ, १७ मङ्सिर

बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेस्सीले  बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए । मेस्सीपछि  रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । यो अवार्ड विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरूको मतको आधारमा प्रदान गरिन्छ । यस्तै,  महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।