भारतीय जलसेनामा पहिलो महिला पाइलट

Dec 2nd, 2019

कोची, १६ मङ्सिर (राससरएएनआई)

भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बन्नुभएको छ ।

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उहाँ गत वर्ष भारतीय जलसेनामा भर्ना हुनुभएको थियो ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थाल्नुभएको छ । उहाँले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स ९निरीक्षण० हवाई जहाज उडाउनु भएको छ ।