• गृहपृष्ठ
  • न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

Dec 2nd, 2019

ह्यामिल्टन, १६ मङ्सिर (राससरएएफपी)

इङ्ल्याण्डका ब्याट्सम्यान जो रुटले दोहोरो शतक प्रहार गरेका कारण न्यूजील्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोमाञ्चक स्थितिमा पुगेको छ ।

चौथो दिनको खेल समाप्त हुँदा जो रुटको व्यक्तिगत २२६ रनको मद्दतमा इङ्ल्याण्डले ४७६ रन बनाएको छ । रुट र रोरी बन्र्सकै कारण इङ्ल्याण्डले न्यूजील्याण्ड विरुद्ध १०१ रनको अग्रता कायम गरेको थियो । न्यूजील्याण्डका निल वाग्नरले इङ्ल्याण्डका पाँच विकेट लिएका थिए । न्यूजील्याण्डले पहिलो इनिङमा ३७५ रन बनाएको थियो ।

चौथो दिन दोस्रो इनिङमा न्यूजील्याण्डले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ । पाँचौं दिन वर्षा हुने प्रक्षेपण गरिएका कारण यी दुबै बीचको खेल बराबरीमा टुङ्गिने सम्भावना पनि छ ।

न्यूजील्याण्डका जीत राभाल ९०० र टम लाथाम ९१८० रनमा आउट भइसकेका छन् । स्कोरबोर्डमा २८ रन हुँदा २ विकेट गुमाएको न्यूजील्याण्डका लागि अनुभवी ब्याट्सम्यानहरु रस टेलर र केन विलियम्सनले पालि सम्हालेका छन् ।

इङ्ल्याण्डका जो रुटको टेस्ट क्रिकेटमा यो तेस्रो दोहोरो शतक हो । उनले व्यक्तिगत २२६ रन बनाउने क्रममा झण्डै ११ घण्टा क्रिजमा बिताएर ४४१ बलको सामना गरेका थिए । यसअघि उनले तीन वर्षअघि पाकिस्तान विरुद्ध २५४ रन बनाएका थिए । उनको यो अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो ।

इङ्ल्याण्डका लागि रोरी बन्र्सले १०१ तथा ओल्ली पोपले ७५ रन बनाएका थिए ।