• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको नयाँ शाखा मंगलपुर र पदमपुरमा

सिद्धार्थ बैंकको नयाँ शाखा मंगलपुर र पदमपुरमा

Dec 2nd, 2019

काठमाडौ, मंसिर १६

सिद्घार्थ बैंकले दुुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७५ ( चार वटा एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

बैंकले एक सय एक वटा शाखारहित बैंकिङ्ग सेवा, एक सय ९२ वटा एटिएम र १६ सय भन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।