• गृहपृष्ठ
  • गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग

गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग

Dec 2nd, 2019

काठमाडौं, १६ मंसिर
ज्योति विकास बैंकद्वारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ । गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको छ । प्रदेश नं २ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योग बहादुर पालको उपस्थिति रहेको थियो। गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं २ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने कुरा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

१०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्बभन्दा बढि लगानी गर्न सफल भएको बैंकले जनाएको छ ।